राजनीति

प्रदेश नम्बर-१ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

By खबरहब

November 17, 2021

काठमाडौँ – नेपाल बन्दका कारण हिजो विश्वासको मत लिन नपाएका प्रदेश नम्बर-१ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिँदै छन्।

त्यसका लागि प्रदेशसभा बैठक बिहान ११ बजे बोलाइएको छ। राईले विश्वासको मतका लागि आइतबार प्रदेशसभामा प्रस्ताव दर्ता गराएका थिए।

हिजो नेपाल बन्दका कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपस्थित हुन नसक्ने बताएपछि बैठक स्थगित गरिएको थियो।

पाँच दलीय गठबन्धनमा ५० सांसद रहेकाले मुख्यमन्त्री राईले विश्वासको मत प्राप्त गर्ने सम्भावना धेरै छ।

९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेशसभामा विश्वासको मत पाउन ४६ सांसद आवश्यक हुन्छ।

उनी पाँच दलीय गठबन्धनको समर्थनमा यहि कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।