रोचक/विचित्र संसार

चिठ्ठा किन्दा एक व्यक्तिअर्बपती

By खबरहब

November 17, 2021

लट्रीको टिकट किन्नु र चिठ्ठा पर्नु कुनै जुवा खेले भन्दा कम हुदैँन । धेरैले यसलाई भाग्यसँग दाँजेर हेर्छन् । त्यसैले कतिपयले वर्षौँदेखि चिठ्ठा किन्छन् । यस्तैमा अमेरिकामा एक व्यक्तिले ३० बर्षदेखि चिठ्ठा किने । सधैँ निराशा हात लाग्ने उनलाई यस पटक भने सफलता हात लाग्यो ।

अमेरिकाको मिशिगन निवासी ती व्यक्तिले सन् १९९१ देखि चिठ्ठा टिकट किन्दै आएका थिए । उनी सधैँ एकै नम्बरको सेटको टिकट किन्दथे । अन्ततः उनी चिठ्ठाबाट अर्बपती बने । ६१ वर्षीय ती व्यक्तिको नाम भने गोप्य राखिएको छ ।

ती व्यक्तिका अनुसार चिठ्ठा नपर्दा कैयौँ पटक नम्बर बदल्ने सोचे । तर उनको मनले यही नम्बरमा कुनै दिन चिठ्ठा पर्छ भन्ने थियो । त्यसैले आफ्नो सोच बदलेर उनी सधैँ एकै नम्बरको टिकट किन्दथे । जसका कारण उनले १८.४१ मिलियन अर्थात २ अर्ब १८ करोड भन्दा बढी नेपाली रुपैयाँ बराबर जिते ।