टिप्स

यसरी बढाउन सकिन्छ गुमेको स्मरण शक्ति

By खबरहब

November 17, 2021

उमेर बढ्दै जाँदा मानिसको स्मरण शक्ति बिस्तारै कम हुँदै जान्छ । वृद्ध अवस्थामा यो समस्या बढी हुन्छ । जो प्राकृतिक कुरा हो । तर पछिल्लो समयमा भने छिट्टै बिर्सने समस्या युवामा पनि देखा पर्न थालेको छ । यस्तोमा स्मरण शक्ति बढाउन आवश्यक हुन्छ । स्मरण शक्ति बढाउन जीवनशैली र खानपानको भूमिका महत्त्वपूर्ण रहन्छ ।

यी खानेकुराले बढाउन सकिन्छ स्मरण शक्ति :

क) दही दहीमा पाइने एमिनो एसिडले दिमागी तनाव कम गर्दछ । तसर्थ दैनिक दही सेवन गर्दा स्मरण शक्ति बढ्दछ ।

ख) तुलसी दैनिक २ देखि ३ पत्ता तुलसीको पात खानाले प्राकृतिक रुपमा स्मरण शक्ति बढ्दछ ।

ग) ओखर ओखरमा ओमेगा थ्री फ्याट्टी अम्ल, प्रोटिन, फइबर, एन्टी अक्सिडेन्ट जस्ता तत्व पाइन्छ । तसर्थ दैनिक ओखर सेवन गर्दा स्मरण शक्ति बढ्दछ।

घ) स्ट्रबरी स्ट्रबरीमा प्रशस्त मात्रामा एन्टीअक्सिडेन्ट पाइन्छ । जसले मस्तिष्कको कोषलाई क्षयीकरण हुनबाट बचाउँछ र स्मरण शक्ति पनि बढाउँछ ।

ङ) जाइफल जाइफलको नियमित सेवनले मस्तिष्क स्वस्थ हुनुका साथै स्मरण शक्ति बढाउन सहयोग गर्दछ ।

च) गोलभेँडा गोलभेँडामा पाइने लाइकोपिन तत्वले शरीरलाई स्वतन्त्र रेडिकल्सको सुरक्षा दिन्छ । जसले स्मरण शक्ति बढ्न मद्दत पुग्छ ।