राजनीति

अमेरिकी उपसहायक विदेश मन्त्री केल्ली किडरलिङ भोलि काठमाडौँ आउँदै

By खबरहब

November 17, 2021

काठमाडौँ -नेपालमा दुई अमेरिकी प्रतिनिधिमण्डलको एकसाथ भ्रमण हुने भएको छ ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज साँझ काठमाडौं आइपुग्ने कार्यक्रम छ भने उपसहायक विदेश मन्त्री केल्ली किडरलिङ पनि भोलि बिहीबार काठमाडौँ आउने काठमाडौंस्थित नेपाली दूतावासले जनाएको छ।

उप-सहायक विदेश मन्त्री किडरलिङले नेपाली अधिकारी र नागरिक समाजका उदयमान अगुवाहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।

अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ वर्ष पुग्नु ठीक अगाडि यो भ्रमण हुन लागेको हो ।

कोभिड-१९, जलवायु परिवर्तन र लोकतन्त्रको सबलीकरण जस्ता राष्ट्रपति बाइडेनका उच्च प्राथमिकतामा रहेका चुनौतीहरूका बारे किडरलिङ नेतृत्वको टोलीले छलफल गर्नेछ ।