क्रिकेट

नेपालले आज कतारसँग दोस्रो टी-२० क्रिकेट खेल्दै

By खबरहब

November 17, 2021

काठमाडौँ – नेपाली महिला क्रिकेट टोलीले आज कतारसँग दोस्रो टी-२० क्रिकेट खेल्दै छ।

कतारस्थित वेष्ट इन्ड पार्क इन्टरनेशनल क्रिकेट मैदानमा अपरान्ह पौने चार बजे नेपाल घरेलु टीमविरुद्ध मैदान उत्रनेछ । नेपाल आजको खेलमा पनि सहज जित निकालेर सिरिज कब्जा गर्ने मनस्थितीमा छ।

यो सिरिजको पहिलो खेलमा नेपालले कतारलाई १ सय १९ रनको विशाल अन्तरले पराजित गरेको थियो। तीन खेलको टी–२० क्रिकेट सिरिज अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्न लागेको हो।

सिरिज अन्तर्गत कतारसँगको अन्तिम खेल मंसिर ३ गते हुनेछ। त्यसपछि नेपाल विश्वकप छनोटका लागि दुबई प्रस्थान गर्नेछ।

विश्वकप छनोट नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ।

छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र यूएईसहित ६ राष्ट्र सहभागी छन्।