आर्थिक

सुन र चाँदीको मूल्य घट्यो

By खबरहब

November 17, 2021

काठमाडौँ – सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन ५०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको छ । हिजो प्रतितोला ९४ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर एक हजार २८० रुपैयाँ कायम भएको छ ।