राजनीति

देउवा असफल भइसके, उनकै कारण कांग्रेसमा विचलन आयो: प्रकाशमान सिंह

By खबरहब

November 17, 2021

विराटनगर– कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा असफल भइसकेको आरोप लगाएका छन् ।

विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले देउवाले नेतृत्व गरेपछि नै कांग्रेसमा विचलन आएको दाबी गरे ।

कम्युनिष्टले संविधान जारी गर्न सकेनन् कांग्रेसले जारी गर्यो तर त्यही संविधान पछाडिको निर्वाचनबाट कांग्रेसको यस्तो अवस्थामा देउवाले पुराएको उनको आरोप छ।

उनले न्यायलयमा देखिएको विरोधमा सरकार नबोलेकोमा आश्चर्य लागेको बताए ।

उनले ‘अर्ली इलेक्सन’ आवश्यक नभएको बताए। अहिले देशमा सरकार रहेकोले सरकारविहिन अवस्थामा मात्रै ‘अर्ली इलेक्सन’ आवश्यक हुने बताए । आसन्न अधिवेशनको सभापतिको बारेमा भने उनले केही बेलेनन् ।