राजनीति

इजलास फर्किएका ५ न्यायाधीशसँग बारले छलफल गर्ने

By खबरहब

November 17, 2021

काठमाडौँ– नेपाल बार एसोसिएसनले इजलासमा फर्किएका पाँच न्यायाधीशसँग छलफल गर्ने भएको छ ।

बारका पदाधिकारी र पाँच न्यायाधीशबीच केहीबेरमा छलफल हुने सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार बारले न्यायाधीशहरूको धारणा बुझ्नेछ ।