राजनीति

न्यायाधीशहरूलाई फैसला गरेर देखाउन बरिष्ठ अधिवक्ता थापाले दिए चुनौती

By खबरहब

November 17, 2021

काठमाडौँ– नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता शम्भु थापाले इजलासमा फर्किएका न्यायाधीशहरूलाई फैसला गरेर देखाउन चुनौती दिएका छन् ।

बुधबार बारको आन्दोलनमा बोल्दै थापाले कानून व्यवसायीहरूले बहस नगरेको मुद्दामा फैसला गरेर देखाउन न्यायाधीशहरूलाई चुनौती दिएका हुन् । उनका अनुसार कानून व्यवसायी बेगर फैसला हुन सक्दैन ।

उनले भने, ‘घुस खाने प्रधानन्यायाधीशले तोकेको इजलासमा बस्नुभयो भने तपाईंहरू पनि दुषित हुनुहुन्छ ।’

नेपाल बारले न्यायालयका मुख्य समस्या नै सफा गर्ने गरी आन्दोलन गरेको उनले बताए ।

प्रधानन्यायाधीशलाई हटाउनमात्र बारले आन्दोलन नगरेको बताउँदै थापाले अर्को प्रधानन्यायाधीश आएपछि कुन–कुन न्यायाधीश र कानून व्यवसायीले भ्रष्टाचार गरेका छन् भन्ने कुराको छानविन समेत हुन्छ । यो आन्दोलन नभएर न्यायालयको शुद्धीकरणको अभियान भएको उनको भनाइ छ ।