देश/प्रदेश

स्वदेश फर्कँन पाउनुपर्ने माग गर्दै चिनियाँ नागरिकले गरे प्रदर्शन (भिडियो)

By खबरहब

November 17, 2021

काठमाडौँ– चिनियाँ नागरिकले देश फर्कन पाउनुपर्ने माग राख्दै आज पनि चिनियाँ दूतावासबाहिर प्रदर्शन गरेका छन् ।

कोरोना महामारीका कारण नेपालमै रोकिएका उनीहरुले आफूहरुलाई तत्काल देश फर्काउनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले ‘म चीन फर्कन चाहन्छु’ लेखिएका प्लाकार्ड प्रदर्शन गरेका थिए । आफ्नै खर्चमा नै देश फर्कँन चाहेपनि फर्कँन नपाएकाले प्रदर्शन गरिएको उनीहरूले बताएका छन् ।

करिब दुईहजार चिनियाँ नागरिक देश फर्कन चाहेको उनीहरूको भनाइ छ ।