फाइल तस्वीर

अन्तर्राष्ट्रिय

कुलागाममा भारतीय सेनाको कारबाहीमा ५ जना आतंकवादी मारिए

By खबरहब

November 17, 2021

नयाँ दिल्ली–भारतीय सेनाको कारवाहीमा भारतको जम्मू कश्मीरको कुलगाममा आतंकवादी मारिएका छन् । भारतीय सञ्चारमाध्यम आजतकका अनुसार सेनाले गोप्य सूचनाका आधारमा आतंककारीमाथि कारबाही गरेको हो । सेनाले चारैतिरबाट घेरा हालेर आतंककारीमाथि कारबाही गरेको जनाइएको छ ।

आतंककारीमाथि कारवाही भएको क्षेत्रमा आवतजावत बन्द गरिएको छ । सेनाले घेरा हाले पनि आतंककारीसँगको भिडन्त जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्

जम्मू कश्मीरमा पछिल्ला दिनहरुमा भारतीय सेनाले आतंककारीमाथिको कारबाहीलाई तिब्रता दिएको छ । बुधबार जम्मू कश्मीर मामिलामा उच्चस्तरीय बैठक बसेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।