फाइल फोटो

राजनीति

महामन्त्रीका उम्मेदवार विश्वप्रकाशले सार्वजनिक गरे अवधारणा पत्र (पूर्णपाठसहित)

By खबरहब

November 17, 2021

काठमाडौँ — आगामी महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार अवधारणा पत्र सार्वजनिक गरेका छन् । उनको अवधारणा पत्रमा युवालाई पार्टी नेतृत्वमा पुर्‍याउनुपर्ने विषयलाई जोड दिइएको छ ।

उनले कांग्रेसलाई युवासँग जोड्न आवश्यक रहेको भन्दै पार्टीमा युवालाई प्रोत्साहित गनुपर्ने प्रस्ताव गरेका छन् । उनले केन्द्र र प्रदेश कार्यसमितिमा १० प्रतिशत युवाहरु निर्वाचित हुने व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।

युवाहरुलाई आरक्षण गरेरै केन्द्र तथा प्रदेश कार्यसमितिमा ल्याउनुपर्ने प्रस्ताव गरेका छन् । शर्माले युवाहरुबीच् आपसमा प्रतिस्पर्धा गर्ने गरी व्यवस्था गर्न प्रस्ताव गरेका छन् । ‘दलमा रुपान्तरण : देशमा रुपान्तरणको अनिवार्य सर्त’ शीर्षकको ४२ बुँदे अवधारणा पत्र सार्वजनिक गरेका छन् ।