अन्तर्राष्ट्रिय

श्रीलंकाले २०२२ लाई भ्रमण वर्षका रुपमा मनाउने

By खबरहब

December 17, 2021

काठमाडौँ – श्रीलंकाले आगामी सन् २०२२ लाई भ्रमण वर्षका रुपमा मनाउने भएको छ ।

त्यहाँका पर्यटन मन्त्रीले यस विषयमा सरकारले व्यापक मात्रामा तयारी गरेको र श्रीलंका सरकारले आगामी वर्ष कम्तीमा पनि ६० लाख पर्यटक भित्र्याउने तयारीका साथ ‘भिजिट श्रीलंका’वर्षका रुपमा घोषणा गर्ने बताएका हुन् ।

आागमी सन् २०२५ सम्ममा कम्तीमा पनि दश अर्ब अमेरिकी डलर भित्र्याउने तयारीमा सरकार लागेको पनि बताइएको छ । त्यहाँको मुख्य आम्दानी पर्यटन नै हो । तर पनि कोभिड १९ को महामारीका कारण पछिल्ला वर्षमा पर्यटक कम पुगेका छन् ।

ओरालो लागेको पर्यटन बजारलाई पुनस्थापना गर्नका लागि सरकारले सो योजना बनाएको बताइएको छ ।