राजनीति

एमालेले केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्दै

By खबरहब

December 17, 2021

काठमाडौँ – नेकपा एमालेले केन्द्रीय कमिटी बैठकका निर्णय आज (शुक्रबार) सार्वजनिक गर्ने भएको छ ।

दिउँसो साढे १ बजे बुद्धनगरस्थित एक होटेल (अल्फा बिटा)मा पत्रकार सम्मेलन गरेर केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न लागिएको हो ।

पत्रकार सम्मेलनलाई महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् । ‘एमाले महासचिवका हैसियतमा उहाँ (पोखरेल)ले केन्द्रीय कमिटी बैठकका निर्णय सुनाउनुहुन्छ र पत्रकारसँग अन्तरक्रिया गर्नुहुन्छ।’ रिजालले खबरहबसँग भने, ‘महासचिवको हैसियतमा पोरखेलको यो पहिलो औपचारिक सम्बोधन कार्यक्रम पनि हो।’

पत्रकार सम्मेलनमा महासचिव पोखरेलसहितका पदाधिकारी, स्थायी कमिटी र केही केन्द्रीय कमिटी सदस्यसमेत उपस्थिती रहनेछ । केन्द्रीय कमिटी र सबै पत्रकारका लागि पार्टी कार्यालय च्यासल साँघुरो हुने भएपछि बाहिर कार्यक्रम गर्नुपरेको बताइएको छ।

हालै भक्तपुरमा बसेको एमालेको दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकले सातै प्रदेश र केही जिल्लामा इन्चार्ज तथा अध्यक्ष चयन गरेको थियो ।