क्रिकेट

पाकिस्तानद्वारा टी–ट्वान्टी सिरिज क्लीनस्वीप

By खबरहब

December 17, 2021

काठमाडौँ – वेष्ट इण्डिजसँगको तीन खेलको टी–ट्वान्टी सिरिज पाकिस्तानले क्लीनस्वीप गरेको छ ।

गएराती भएको तेस्रो खेलमा ७ विकेटको जित हात पारेसँगै पाकिस्तानले सिरिज ३–० ले आफ्नो पक्षमा पारेको हो ।

कराँचीमा भएको खेलमा पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०७ रन बनाएको थियो ।

२०८ रनको लक्ष्य पाकिस्तानले ७ बल बाँकी छँदै ३ विकेट गुमाएर पुरा गरेको हो । पाकिस्तान र वेष्ट इन्डिजबीचको एकदिवसीय सिरिज आगामी जुन महिनामा हुनेछ ।