मनोरञ्जन

मानव बेचबिखनविरुद्ध ‘फाइट अफ फरी २’

By खबरहब

December 17, 2021

काठमाडौं–नेपाली कलाकार तथा मार्शल आर्ट खेलाडी शन्नी बि केसी अभिनित हलिउड फिल्म ‘फाइट अफ फरी २’को फस्टलुक सार्वजनिक भएको छ । फिल्ममा केसीकै कथा र निर्देशन छ ।

फिल्ममा अभिनेता ब्रुसलीको फिल्म ‘इन्टर द ड्रागन’का कलाकार बब वाल, लियो फोङ, जोस्फ माइकल, एम एम ए फाइटरलगायतका हलिउडका कलाकारको अभिनय छ । अंग्रेजी भाषामा बनेको फिल्म नेपालमा नेपाली भाषामा सबटाइटल गरेर प्रदर्शन गरिने निर्देशक केसीले बताए ।

एक्सन जनराको फिल्ममा मानव बेचविखनविरुद्धको कथा देखाइएको छ । निर्देशक केसीका अनुसार फिल्म हलिउडका थिएटरसँगै ओटीटी प्लेटफर्म नेटफ्लिक्स, एमाजोन प्राइममा रिलिज पछि नेपालमा रिलिज गरिनेछ ।