अटो

एनसेलको ‘एनसेल बिजलाइट’ योजना शुक्रबारदेखि लागू

By खबरहब

December 17, 2021

काठमाडौँ – एनसेल आजियाटाले एक आधुनिक प्रिपेड प्लान ‘एनसेल बिजलाइट’योजना संचालनमा ल्याएको छ ।

साना तथा मझौला व्यवसायी र कार्यालयहरुको सञ्चार सेवाको आवश्यकतालाई मध्यनजर गर्दै यो योजना आज (शुक्रबार) बाट लागू गरिएको एनसेलले जनाएको छ।

यस योजनामा मासिक रुपमा कुनै निश्चित रकम तिर्न पर्ने बाध्यता बिना सहजै प्रिपेड सेवा लिन सकिनेछ । यो योजनामा कम शुल्कमा पेजी, सीयूजी, अन नेट र अफनेट कल सेवा लगायतका विषेशताहरु रहेका छन् । ग्राहकले रिचार्जमा बोनस डेटा पाउने सुविधा पनि छ रिचार्जमा समयसीमा हुनेछैन ।

यस्ता छन् पाँच विशेषताहरू

१- कुनै निश्चित मासिक रकम तिर्न नपर्ने ।

२- कम शुल्कमा पेजी, सीयूजी, अन नेट र अफनेट कल सेवा ।

३- २०० रुपैयाँको रिचार्जमा प्रत्येक ३० दिनमा १ जीबी डेटा बोनस।

४- थप डेटा, भ्वाइस, एसएमएस र कम्बो प्याकको सुविधा ।

५- प्लान सुचारु गर्दा डेटा र मेन ब्यालेन्स बोनस पाइने ।