अटो

हिमालयन बैंकद्वारा ४८ विद्यार्थीलाई स्टेशनरी सामग्री प्रदान

By खबरहब

December 17, 2021

काठमाडौँ – हिमालयन बैंकको नवलपरासीस्थित कावासोती शाखाले स्थानीय शिव नमुना माविमा अध्ययनरत निम्न आय भएका तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोगस्वरुप मासिक छात्रवृत्ति तथा स्टेशनरी प्रदान गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयको ४८औं वार्षिकोत्सवको अवसर पारेर उक्त सहायता प्रदान गरेको हो।

बैंकले उक्त विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत २४ जना विद्यार्थीहरुलाई ६ महिनाको छात्रवृत्ति (मासिक तथा भर्ना शुल्क) तथा कक्षा नर्सरी देखि १२ सम्म अध्ययनरत २४ जना विद्यार्थीहरुलाई स्टेशनरी सामान प्रदान गरेको हो ।

गत मंसिर ३० गते आयोजित वार्षिकोत्सव कार्यक्रममा बैंकका कावासोती शाखा शाखा प्रबन्धक आत्माराम गौतमले उक्त छात्रवृत्ति तथा स्टेशनरी  विद्यार्थीहरुलाई हस्तान्तरण गरेका हुन् ।