राजनीति

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच भेटवार्ता

By खबरहब

December 17, 2021

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दाहालले देउवालाई सभापतिमा निर्वाचित भएकोमा बधाई दिएका छन् ।

भेटमा राजदूतहरुको नियुक्ति, संसद्मा सरकारले लाने विजनेशलगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।