मनोरञ्जन

केकी अभिनित ‘सिल्ली फो’को छायांकन पुरा

By खबरहब

December 17, 2021

काठमाडौं–अभिनेत्री केकी अधिकारीको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म ‘सिल्ली फो’को छायांकन पुरा भएको छ । अभिनेत्री अधिकारीको शुक्रबार परेको जन्मदिनका अवसरमा नेपालगञ्ज आसपास छायांकन गरिएको फिल्मको ‘इन्डक्ल्याप’ गरिएको हो ।

फिल्मका निर्देशक राजबहादुर सानेले कमेडी जनरामा निर्माण भएको फिल्मले केकीलाई जन्मदिनको शुभकामना दिँदै छायांकन पुरा गरेको बताए । फिल्ममा केकीका अलावा धिरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दीपक थापा, पुर्णचन्द्र पोखरेल, अनिता लामिछाने लगायतका कलाकारको अभिनय छ ।

यही फिल्मबाट दिनेश रेग्मी, भुगोल कार्की र रमेश बजगाईले अभिनयमा डेव्यु गर्दैछन् । ह्याप्पी फिल्मको व्यानरमा निर्माण भएको फिल्मका निर्माता मनोज डिके हुन् ।

विशाल श्रेष्ठ र सागर विष्ट सह–निर्माता रहेको फिल्ममा रबी केसीको मेकअप, शिव विकको कोरियोग्राफी, देब महर्जनको द्वन्द्व, दिव्यराज सुवेदीको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन छ । फिल्मका सहायक निर्देशक विशाल बराल र केशव शर्मा हुन् ।