समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

December 17, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै ६० जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष –८ ११–२० वर्ष –३१ २१–३० वर्ष –६० ३१–४० वर्ष – ५० ४१–५० वर्ष – ४१ ५१–६० वर्ष – ३४ ६१–७० वर्ष –२२ ७१–८० वर्ष – ११ ८० वर्षभन्दा माथि –१० अज्ञात– २