फाइल फोटो

राजनीति

देउवाबाट रुपान्तरणको अभियान सुरु हुन्छ : उपसभापति गुरुङ

By खबरहब

December 17, 2021

काठमाडौँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङले अब पार्टीमा रुपान्तरणको अभियान पार्टी सभापति शेरबहादुर देउवाबाट सुरु गर्ने बताएका छन्।

शुक्रबार रिपोटर्स क्लव नेपालले काठमाडौँमा गरेको साक्षात्कारमा उनले पार्टी रुपान्तरणको कुरालाई मुख्य नारा बनाएको भन्दै अव रुपान्तरणको अभियान सभापतिबाटै सुरु गर्ने धारणा राखे ।

गुरुङले आफुहरु पनि अब अग्निपरीक्षामा रहेको भन्दै पार्टीमा भागबण्डा नगरी पद्धतीअनुसार चल्ने वातावरण निर्माण गर्ने उल्लेख गरे। उनले जनताको बीचमा व्यक्तिको अनुहार लिएर जाने भन्दा पनि विचार र सिद्धान्त लिएर जाने बताए। पार्टीभित्र अब सत्ता र प्रतिपक्ष नरहेको उनको भनाइ छ ।

उहाले नवनिर्वाचत सभापति देउवालाई आफूहरुजस्तै बनाएर अघि बढाउने र रुपान्तरण गर्ने पनि दावी गरे।