राजनीति

चित्रलेखा यादव केन्द्रीय सदस्यमा निर्वाचित

By खबरहब

December 17, 2021

काठमाडौँ– चित्रलेखा यादव नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । शुक्रबार राति सम्पन्न मतगणमा उनी प्रदेश २ भूगोलबाट महिला कोटामा केन्द्रीय सदस्य निर्वाचित भएकी हुन्। देउवा समूहकी उनले कोइराला समूहकी गीता यादवलाई पराजित गरिन् ।

चित्रलेखाले २७३१ मत पाइन् भने गीताले १८८५ मत पाइन् । यो प्रदेशमा दुईजना खुला केन्द्रीय सदस्यमा आनन्द ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका थिए ।