अन्तर्राष्ट्रिय

भारतमा थपिए १४ हजार संक्रमित

By खबरहब

October 18, 2021

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १४ हजार २८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ४० लाख ८१ हजार ४९ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ लाख ९७ हजार १२ जना सक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन १६५ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ५२ हजार ३२१ पुगेको छ ।