क्रिकेट

टी-ट्वान्टी विश्वकपमा बंगलादेश पराजित

By खबरहब

October 18, 2021

काठमाडौँ- टी-ट्वान्टी विश्वकप क्रिकेटमा बंगलादेशले खराब शुरूवात गरेको छ ।

बंगलादेश पहिलो खेलमै एसोसियट राष्ट्र स्कटल्याण्डसँग ६ रनले पराजित भएको छ ।

ओमानको अल अमारत स्टेडियममा स्कटल्याण्डले दिएको १ सय ४१ रनको लक्ष्यसहित ब्याटिङ गरेको बंगलादेश २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रनमा सीमित भयो ।

बंगलादेशका मुस्फिकर रहिमले ३८ रन जोड्दा शकिब अल हसनले २० रन बनाए ।

स्कटल्याण्डका ब्राड ह्विलले ३ तथा क्रिस ग्रिभ्सले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो ।

स्कटल्याण्डका क्रिस ग्रिभ्सले ४५ रन बनाए । यस्तै जर्ज मुन्सेले २९ रन जोड्दा मार्क वाटले २२ रन बनाए । माथ्यु क्रस ११ रनमा आउट भए ।

बंगलादेशका मेहदी हसनले ३ विकेट लिए । मुस्ताफिजुर रहमान र शकिब अल हसनले २/२ विकेट लिए ।