खेलकुद

माल्दिभ्सबाट इन्डोनेसिया गए रोहित 

By खबरहब

October 18, 2021

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्सिभ मिडफिल्डर रोहित चन्द आज मालदिभ्सबाट इन्डोनेसिया प्रस्थान गरेका छन् ।

इन्डोनेसियामा जकार्ता पर्सिजाबाट व्यवसायिक फुटबल खेल्दै आएका रोहित साफ च्याम्पियनसिपको फाइनल खेलेर त्यसतर्फ लागेका हुन् ।

नेपाली टिमको उपकप्तान समेत रहेका उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी दिएका हुन् ।

माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग पराजित भएर उपविजेता बनेको थियो ।

रोहितबाहेकको नेपाली टोली भने आजै स्वदेश फर्किएको छ ।