खेलकुद

नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता

By खबरहब

October 18, 2021

काठमाडौँ- साफ च्याम्पियनसिप फुटबलमा उपविजेता नेपाली राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्किएको छ ।

सोमबार बिहान नेपाल आईपुगेको टोलीलाई त्रिभुवन विमानस्थलमा खेलकुदमन्त्री महेश्वर गहतराजलगायत एन्फाका पदाधिकारी तथा खेल समर्थकले भव्य स्वागत  गरेका छन् ।

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने कुवेत प्रस्थान गरेका छन् । मुख्य प्रशिक्षक अल्मुताइरी माल्दिभ्सबाट कतार हुँदै घर फर्किएका हुन् ।

कतारको दोहासम्म नेपाली टिमसँग रहेका अल्मुताइरी घर लागेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षक अल्मुताइरी केही समय परिवारसँग बिताएर नेपाल फर्कने जानकारी गराएको छ । उनी एन्फा पदाधिकारीसँग असन्तुष्ट रहदै आएका छन् ।

माल्दिभ्समा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित हुँदै उपविजेता बनेको थियो ।