सांकेतिक तस्बिर

देश/प्रदेश

सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४.७ म्याग्निच्युडको भूकम्प

By खबरहब

October 18, 2021

काठमाडौँ– सोमबार दिउँसो काठमाडौँ उपत्यका लगायत क्षेत्रमा भूकम्पको धक्का महशूस गरिएको छ ।

सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो १: ४६ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको हो । राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन ।