फाइल फोटो

आर्थिक

शेयर बजारमा फेरि पहिरो, दोहोरो अंकले घट्यो नेप्से

By खबरहब

October 18, 2021

काठमाडौँ– दसैँपछि कारोबार भएको पहिलो दिन आइतबार दोहोरो अंकले वृद्धि भएको शेयर बजार दोस्रो दिन सोमबार फेरि ओरालो लागेको छ ।

सोमबार बजार मापक नेप्से परिसूचक ६९ दशमलव ५१ अंकले घटेर २ हजार ५ सय ८७ दशमलव ४५ अंकमा झरेको छ । सेन्सेटिभ परिसूचक पनि १२ दशमलव ४३ अंकले घटेको छ ।

सोमबार कारोबार रकममा पनि गिरावट आएको छ । ८७ लाख ७६ हजार ३३७ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ९६ करोड ६८ लाख ९९ हजार ७ सय ९१ रुपैयाँको मात्र भएको छ ।

बैंकहरुले ब्याजदर बढाएपछि शेयर बजारमा त्यसको नकरात्मक असर परेको बुझिएको छ । तरलता अभाव भन्दै बैंकहरुमा ब्याज दर बढाउने होडबाजी चलिरहेको छ ।