सांकेतिक तस्बिर

समाचार

३७९ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

By खबरहब

October 18, 2021

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३७९ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल २८० कोरोना संक्रमितको आईसीयूमा र ९९ को भेन्टिलेटरमा गरी कुल ३७९ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ५८ जना आईसीयूमा र ३१ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी बागमती प्रदेशमा १३५ जना आईसीयूमा र ५३ जना भेन्टिलेटरमा उपचारत छन् भने गण्डकी प्रदेशमा ३१ जना आईसीयूमा र २ उपचाररत छन् ।

त्यस्तै लुम्बिनी प्रदेशमा ४३ जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कर्णाली प्रदेशमा ६ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचारत छन भने सुदूरपश्चिम प्रदेशमा ७ जना आईसीयू र ४ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइररहेको मन्त्रालयले जनाएको छ ।