अन्तर्राष्ट्रिय

गुरमीत राम रहिमलाई आजीवन कैद सजाय

By खबरहब

October 18, 2021

नयाँ दिल्ली– भारतका विवादास्पद धार्मिक गुरु गुरमीत राम रहिमलाई आजीवन जेल सजाय दिइएको छ । डेरा सच्चा सौदाका प्रमुख रहिमलाई डेरा प्रेमी रणजीत सिंहको हत्या आरोपमा आजीवन कैद र ३१ लाख भारतीय रुपैयाँको सजाय दिइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

१२ अक्टुबरमै केन्द्रीय जाँच ब्यूरोको विशेष अदालतले उनलाई रणजीतको हत्यामा दोषी ठहर गरेको थियो । सोमबार सजाय तोकेको हो । रणजीत सिंहको २००२ मा हत्या गरिएको थियो । सो हत्यामा डेरा सच्चा सौदाका प्रमुख रहिमको संलग्नता रहेको आरोप लागेको यिथो ।

अहिले पनि एक पत्रकारको हत्या र बलात्कार आरोपमा सजाय काटिरहेका छन् । एजेन्सी