इनसाइट/स्पेशल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणमा मन्त्री आले

By खबरहब

October 18, 2021

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । सोमबार उनने विमानस्थल पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के अनुगमनमा पुगेका आलेले यात्रुहरुसँग पनि समस्याबारे जिज्ञासा राखेका थिए । निरीक्षणका क्रममा मन्त्री आलेले विमानस्थलमा यात्रुलाई कुनै असहज हुन नदिने विश्वास दिलाए।

उनले विमानस्थलमा ट्याक्सीले मिटरमा यात्रु नबोक्ने, सरसफाइ नभएको, पसलले यात्रुलाई चिया, कफीमासमेत महँगो लिने गरेका, कर्मचारीले पनि आफ्नो जिम्मेवारी पूर्णरुपमा पालना नगरेको पाइएकाले ती कमी कमजोरीको अन्त्य गरिने बताए ।

काठमाडौँबाट भोजपुरका लागि उडेको नेपाल वायु सेवा निगमको विमानले केही यात्रुलाई छाडेको विषयमा निगमसँग स्पष्टीकरण लिने बताएका छन् ।