फाइल फोटो

राजनीति

प्रधानमन्त्री देउवाको पहिलो विदेश भ्रमण बेलायत

By खबरहब

October 18, 2021

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण बेलायत हुने भएको छ । द्विपक्षीय भ्रमण नभई राष्ट्र संघीय कार्यक्रममा भाग लिन उनी बेलायत जाने निश्चित भएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्कटल्याण्डको ग्लास्गोमा हुने जयवायु परिर्वतनसम्बन्धी वर्ल्ड लिडर समिटमा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । वर्ल्ड लिडर समिट नोभेम्बर १–२ मा हुनेछ ।

असार २९ मा प्रधानमन्त्री बनेका देउवाले पहिलो विदेश भ्रमण बेलायतको गर्ने भए पनि यो भ्रमण द्विपक्षीय भ्रमण भने हुनेछैन । नेपालका प्रधानमन्त्रीले पहिलो द्विपक्षीय भ्रमण भारतमा गर्दै आएका छन् ।