देश/प्रदेश

सुदूरपश्चिम : थप १२ जनामा सङ्क्रमण

By खबरहब

October 18, 2021

बैतडी– सुदूरपश्चिम प्रदेशमा सोमबार थप १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ४२१ जनाको नमूना परीक्षण गर्दा १२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

दश जनामा आरटी पीसीआर र दुई जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो ।

पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालमा पाँच–पाँच जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेन विधिमार्फत कैलाली र बाजुरा एक–एक जनामा सङ्क्रमण देखिएको हो ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर २५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । उक्त अवधिमा प्रदेशमा सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरका ६७ वर्षीय पुरुष र कैलालीका ६० वर्षीय पुरुष रहेका छन् ।