क्रिकेट

पहिलो टी-ट्वान्टी : न्युजिल्याण्डलाई हरायो भारतले

By खबरहब

November 18, 2021

काठमाडौँ -पहिलो टी-ट्वान्टी अन्तराष्ट्रियमा घरेलु टिम भारतले न्युजिल्याण्डलाई ५ विकेटले पराजित गरेको छ ।

जयपुरमा बुधबार भएको पहिलो खेलमा भारतले न्युजिल्याण्डलाई हराएको हो । न्युजिल्याण्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

भारतको जितमा सूर्यकुमार यादवले ६२ रनको अर्धशतकीय इनिङ्स खेले भने कप्तान रोहित शर्माले ४८ रन जोडे। त्यसैगरी केएल राहुलले १५ रन जोड्दा श्रेयस आयर ५ तथा भेन्कातेस आयर ४ रनमा आउट भए ।

त्यस अघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । न्युजिल्याण्डका लागि मार्टिन गुप्टिल र मार्क चापम्यानले अर्धशतकीय इनिङ्स खेले ।

जितसँगै तीन खेलको सिरिजमा भारतले १-० को अग्रता बनाएको छ ।