रोचक/विचित्र संसार

 पात हो कि किरा ? चिन्नै गाह्रो

By खबरहब

November 18, 2021

अक्सर तपाईंले रुखको पात देख्नु भएको छ । तर के तपाईंले कहिल्यै यस्तो किरा देख्नु भएको छ जो बिलकुल पात जस्तै हुन्छ । सामाजिक सञ्जालमा अहिले एउटा भिडियो चर्चामा छ, जहाँ हुबहु रुखको पात जस्तै देखिने किरा देख्न सकिन्छ ।

सामाजिक सञ्जालमा चर्चामा रहेको यस भिडियोमा रुखको पात जस्तै देखिने किरा देख्न सकिन्छ । यदि सो किरा हलचल नगर्ने हो भने धेरैले यसलाई पात नै ठान्दछन् । जो बिलकुल हरियो पात जस्तो देखिन्छ ।

रुखको पात जस्तो देखिने यस किराको नाम फालियम गिगान्टीयम Phyllium Giganteum हो । यो किरा चौडा र आकारमा पनि लामो हुन्छ। करिब १० सेन्टिमिटरको यो किराको शरीर हुबहु रुखको पात जस्तै हुन्छ ।

भिडियोसहित

 

 

View this post on Instagram

 

A post shared by Science by Guff 🧬 (@science)