हाम्रो शरीरको महत्त्वपूर्ण र जटिल अङ्ग मध्ये एक हो कान । कानले केवल सुन्ने मात्र काम गर्दैन यसले शरीरको सन्तुलन पनि मिलाउँछ । त्यसैले कानको स्याहार आवश्यक मानिन्छ ।
कानमा कहिलेकाहीँ विभिन्न समस्याहरू आउन सक्छ । कान पाक्ने, दुख्ने, चिलाउने यसका मुख्य समस्या हुन । अहिले धेरै मानिसमा कान दुखाई आम समस्या बनेको छ । यो समस्या प्राय एउटै कानमा बढी हुन्छ । कान दुखाईको समाधानमा के गर्ने त ?
क) लसुन लसुनको दुइ केस्रा पिसेर तोरीको तेलमा भुटेर उक्त तेल कानमा लगाउँदा आराम मिल्छ ।
ख) मुलाको पात मुलाको पातको रसलाई तिलको तेलमा पकाई रस वाफ बनेर उडिसकेपछि त्यो मनतातो तेललाई कपडाले छानी दुई तीन थोपा कानमा हाल्दा यसले कान दुखाई तुरुन्तै निको हुन्छ ।
ग) प्याज प्याजको डल्लोलाई आगोमा सेक्ने र त्यसको रस निकालेर कानमा हाल्दा कान दुखाइमा राहत पाउन सकिन्छ ।
घ) तुलसीको पात तुलसीको पातलाई पिसेर यसको रसको दुई तीन थोपा कानमा हाल्दा कानको इन्फेक्सन ठिक गर्छ र दुखाई हटाउँछ ।
ङ) तोरी तेल १० ग्राम तोरीको तेलमा ३ ग्राम हिङ मिसाएर तताइ त्यसको केही थोपा कानमा हाल्दा आराम मिल्दछ ।
च) अन्य उपाय – सूर्यमुखी फूलको तेल र महको मिश्रण बनाएर कानमा राख्दा कान दुखाई निको हुन्छ ।
– घिउकुमारीको रसलाई हल्का तताएर कानमा राख्दा दुखाई कम गर्दछ ।
– नुनलाई तातो बनाई कपडामा राम्ररी डल्लो पारेर कान सेक्दा दुखाइमा राहत मिल्दछ ।