जोक्स

चुट्किला : जमेको कुराकानी

By खबरहब

November 18, 2021

उत्तरतिरबाट आएको एक जना यात्रीले आफ्नो देशमा कति जाडो छ भनी धक्कु लगायो : मध्य जाडोमा यति जाडो हुन्छ कि हामीलाई खानेकुरा खानै गाह्रो हुन्छ । चपस्टिकहरु (चिनियाहरुले खाना खाँदा खानेकुरा मुखमा हाल्न मद्दत गर्ने दुई मसिना घोचाहरु) त टेबुलमै टाँसिन्छन् । थाहा छ ? तिनीहरू जमेका हुन्छन् ।

अर्कोले भन्यो – बाफ रे ! हामी अरूले भनेको कुराहरू पनि विरलै सुन्छौ, किनभने बोलेका शब्दहरू कानमा पस्नुअघि भित्तामा जम्छन् ।

यति सुनेपछि उसको जवाफ थियो – ‘ओहो यार ! त्यसो भए त तपाईँ कहाँ ग्रीष्म ऋतुमा त एकदमै भयानक हल्लीखल्ली हुन्छ होला । ती बोलेका शब्दहरू पग्लन्छन् होला नि, हैन ?

साभार  : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट