बलिउड/हलिउड

‘भीड’का कारण रोकियो राजकुमारको हनिमुन

By खबरहब

November 18, 2021

मुम्बई(जीन्यूज)– बलिउड अभिनेता राजकुमार राव र उनकी प्रेमिका पत्रलेखा हालैमात्र वैवाहिक जीवनमा बाँधिएका छन् । उनीहरुले विवाह गरे पनि हनिमुनका लागि भने अझै केही समय पर्खनुपर्नेछ । राजकुमारले आफ्नो हनिमुन योजनालाई केही पर सारेका छन् । उनले ‘भीड’का कारण हनिमुन योजनामा ढिलाई गर्न लागेका हुन् ।

राजकुमार निर्देशक अनुभव सिन्हाको फिल्म ‘भीड’को सुटिङ नोभेम्बर १८ अर्थात बिहीबारबाट सुरु गर्दैछन् । अनुभव नोभेम्बर र डिसेम्बरबाट फिल्मको सुटिङ सुरु गर्न चाहन्थे । जुन कुरामा अभिनेता राजकुमार सहमत थिए । यही कारण राजकुमारले अहिलेलाई हनिमुनलाई थाँती राखेर फिल्मको काम पुरा गर्न इच्छुक भएका हुन् ।

फिल्म ‘भीड’को अधिकतम छायांकन उत्तर प्रदेशको राजधानी लखनऊमा हुनेछ । राजकुमार यो फिल्मका लागि निकै उत्साहित छन् । राजकुमारले यो फिल्ममा आफ्नो चरित्रका लागि कम्फर्ट जोनबाट बाहिर जानुपर्नेछ ।