बलिउड/हलिउड

जुम्ल्याहा सन्तानकी आमा बनिन् प्रिती

By खबरहब

November 18, 2021

मुम्बई(दैनिक भास्कर)– बलिउड अभिनेत्री प्रिती जिन्टा जुम्ल्याहा सन्तानकी आमा बनेकी छन् । ४६ वर्षीया अभिनेत्री सरोगेसीका माध्यमबाट आमा बनेकी हुन् । उनले आफ्नो इन्स्टाग्राममार्फत आमा बनेको खबर सार्वजनिक गरेकी हुन् ।

‘म सबैसँग आजको सबैभन्दा ठूलो खुशीको खबर बाँड्न चाहन्छु । जीन र म धेरै खुशी छौं र हाम्रो हृदय आभार तथा प्रेमले भरिएको छ । किनकी हामी आफ्नो जुम्ल्याहा बच्चाहरु जय जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफलाई परिवारमा स्वागत गर्दैछौं’, उनले लेखेकी छन् ।

प्रितीले आफूभन्दा १० वर्ष कान्छा अमेरिकी नागरिक जेन गुडइनफसँग सन् २०१६ फेब्रुअरीमा लसएञ्जल्समा एक निजी समारोहमा विवाह गरेकी थिइन् । यो विवाह राजुपती शैलीमा गरिएको थियो ।

उनीहरुको विवाहको तस्वीर करिब ६ महिना पछि सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । दुवै अमेरिकामा बस्छन् । जीन पेशाले लसएञ्जल्समा फाइनेन्सियल एनालिस्ट हुन् ।

प्रितीको करियरको कुरा गर्दा उनले सन् १९९८ मा रिलिज फिल्म ‘दिल से’बाट बलिउडमा पाइला चालेकी थिइन् । सन् २०१८ मा रिलिज फिल्म ‘भैयाजी सुपरहिट’ उनको अन्तिम फिल्म हो ।