आर्थिक

विराटनगरमा रेडमड कफीको आउटलेट

By खबरहब

November 18, 2021

काठमाडौं– पछिल्लो समय नेपालमा कफी पिउने संस्कृति बढेसँगै कफी सपहरु खुल्ने क्रम बढ्दो छ । कफी पारखीमाझ अलग्गै पहिचान बनाएको रेडमड कफीले विराटनगरमा आफ्नो १० औ आउटलेट विस्तार गरेको छ । विराटनगरको रेन्बो गल्ली, ट्राफिक चोकमा उक्त आउटलेट सञ्चालनमा आएको हो ।

सन् २०१२ मा थापाथलीबाट सुरुवात भएको रेडमड कफीले मनाङदेखी पश्चिममा धनगढी हुँदै पूर्वमा विराटनगरसम्म आफ्नो सेवा विस्तार गरेको छ । यसको अहिले काठमाडौंको नयाँवानेश्वर, दरबारमार्ग, डिल्लीबजार, एकान्तकुना, गैरीधारा, झम्सिखेल, थापाथलीमा शाखा सञ्चालनमा छ ।

रेडमड कफीले चाडै नै अन्य ठाउँमा पनि आउटलेट खोल्ने तयारी गरेको सञ्चालक प्रवेश हुमागाईँले बताए । साथै रेडमड कफीसँग सहकार्य गर्न चाहने व्यक्तिले फ्रेन्चाइजका लागि कार्यालयमा सम्पर्क गर्न सक्ने जानकारी दिए ।