बैंक/वित्त

सिभिल बैंकमा नेतृत्व प्रतापजंग पाण्डेलाई

By खबरहब

November 18, 2021

काठमाडौँ– सिभिल बैंकको सञ्चालक समिति अध्यक्ष प्रतापजंग पाण्डे चयन भएका छन् ।

बैंकको मंसिर १ गते बुधबार बसेको संचालक समितिको ३६२ औं बैठकले सञ्चालक पाण्डेलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो ।

बैंक अध्यक्ष चयन भए पश्चात प्रताप जङ्ग पाण्डले सर्वसम्मत रुपमा बैंकको अध्यक्ष पदमा चयन गरी थप जिम्मेवारी प्रदान गरेकोमा सबै संचालकहरुलाई धन्यवाद दिएका छन् ।

संचालकहरुले समितिको अध्यक्ष चयन भएकोमा पाण्डेलाई बधाई तथा शुभकामना दिँदै बैंक पाण्डेको नेतृत्वमा नयाँ उचाईमा पुग्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष पाण्डले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै बैंकको उच्च व्यवस्थापन तथा समग्र कर्मचारीहरुलाई उच्च मनोवलका साथ कार्य गरी बैंकलाई थप सबल र समृद्घ बनाउने तर्फ विशेष रुपमा अगाडि बढाई शेयर होल्डर लगायत समग्र पक्षको भावना अनुरुप अघि बढ्ने प्रतिबद्धता जनाए ।