राजनीति

एमाले महाधिवेशन : अपाङ्ग संघबाट छानिने सबै पाँच खस आर्य समूहका

By खबरहब

November 18, 2021

काठमाडौँ– चितवनमा मंसिर १० गते हुने नेकपा एमालेको १०औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

आठ दिनपछि हुने महाधिवेसनका लागि नेपाल लोकतान्त्रिक अपाङ्ग संगठनबाट पाँच जना प्रतिनिधि चयन भएका केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए ।

उनका अनुसार खुलातर्फ मित्रलाल शर्मा, जगदीसप्रसाद अधिकारी र कृष्ण गौतम छन् भने महिला कोटावाट लोचना अधिकारी र निर्मला धिताल महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।