बैंक/वित्त

कर दिवसको अवसरमा स्याकार इन्भेस्टमेन्ट सम्मानित

By खबरहब

November 18, 2021

काठमाडौँ– सरकारले स्याकार इन्भेस्टमेन्ट कम्पनी प्रालीलाई सम्मान गरेको छ ।

कर दिवसको अवसरमा कम्पनीले आन्तरिक राजस्व कार्यालय ठमेल, काठमाडौँबाट सर्वाधिक आयकर दाखिला गरे वापत स्याकार इन्भेस्टमेन्ट कम्पनी सम्मानित भएको हो ।

सरकारले सम्मान गरेकोमा कम्पनीले कृतज्ञता ज्ञापन गर्दै धन्यवाद दिएको छ।

आन्तरिक राजश्व विभाग र विभाग अन्तर्गतका विभिन्न कार्यालयले आफु मातहतमाका करदाता मध्ये सबैभन्दा बढी कर तिर्नेलाई सम्मान गर्दै आएको छ ।

मूल्य अभिवृद्धि कर लागु भएको दिन मङ्सिर १ गतेलाई कर दिवसको रुपमा मनाईदै आएको छ ।