राजनीति

अमेरिकी सहायक विदेशमन्त्री र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

By खबरहब

November 18, 2021

काठमाडौँ– अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ भेटवार्ता भएको हो ।

भेटका क्रममा उनीहरूबीच दुई देशबीचको पारस्पारिक सम्बन्ध, कोरोनाले पारेको असर र भ्याक्सिनका सहयोग लगायतका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा प्रधानमन्त्री देउवाले कोप२६ मा नेपालले जनाएको प्रतिवद्धता कार्यान्वयनका लागि सहयोग गर्न आग्रह गरेका थिए । नेपालले कार्बन उत्सर्जन विस्तारै शून्यमा झार्ने प्रतिवद्धता गरेको छ ।

सहायक विदेशमन्त्री लुले शुक्रबार परराष्ट्रमन्त्री डा नारायण खड्कासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। लु तीनदिने भ्रमणका क्रममा बुधबार साँझ काठमाडौँ आइपुगेका थिए।