सवारी ज्यान मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ

By खबरहब

November 18, 2021

बर्दिया– सवारी ज्यान मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत बर्दियाले २०७६ जेठ १ गते सवारी ज्यान मुद्दामा दोषी ठहर गर्दै ६ दिन कैद र २ हजार जरिवाना सुनाएपछि फरार रहेका एक जनालाई बर्दिया प्रहरीले पक्राउ गरेको हो ।

ठाकुरबाबा नगरपालिका वडा नं ८ सुखाड बस्ने प्रेम गाहा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

यस्तै बर्दिया जिल्ला अदालत गुलरियाकै मिति २०७८।०५।१५ गतेको फैसला आदेशले १ महिना कैद र ३० हजार रुपैयाँ जरिवाना सजाय तोकिएका फरार प्रतिवादी ठाकुरबाबा नगरपालिका वडा नं १ भुरीगाँउ बस्ने महेश आचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।

दुबैजनालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएका छ ।