राजनीति

एमाले महाधिवेशन : ६७ जिल्लाबाट १ हजार १८२ प्रतिनिधिको टुंगो, १० जिल्ला बाँकी

By खबरहब

November 18, 2021

एमाले महाधिवेशन : ६७ जिल्लाबाट १ हजार १८२ प्रतिनिधिको टुंगो, १० जिल्ला बाँकी काठमाडौँ– नेकपा एमालेको १० मंसिरमा उद्घाटन हुने नेकपा एमालेको १०औं महाधिवेशनका लागि बिहीवार साँझसम्म १ हजार १८२ प्रतिनिधि अभिलेखीकरण भएका छन् ।

झण्डै १९ सय प्रतिनिधि सहभागी हुने महाधिवेशनमा ६५ जिल्लाबाट चयन भएर आएका प्रतिनिधि केन्द्रीय कार्यालयमा अभिलेखीकरण भएका हुन् ।

एमाले संगठन विभागकाअनुसार १० जिल्लाबाट महाधिवेशन प्रतिनिधिको नामावली आउन बाँकी रहेकाले अभिलेखीकरण हुन नसकेको हो । अभिलेखीकरण हुनेमा खुल्लातर्फबाट ७४० आएका छन् भने महिला ३०४ पुगेका छन् । बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका सबै जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट भइसकेका छन् ।

प्रदेश १ को सुनसरी, पाँचथर र ताप्लेजुङ, प्रदेश २ को रौतहट, महोत्तरी, धनुषा, सिरहा, सप्तरी तथा सुदूरपश्चिमका कैलालीबाट प्रतिनिधि चयन हुन बाँकी रहेको छ ।