समाचार

क्यान्सर हुनबाट बच्न यी कुरामा ध्यान दिनुहोस्

By खबरहब

December 18, 2021

नसर्ने रोगहरूमा क्यान्सर रोग विश्वमै पहिलो नम्बरमा पर्दछ । क्यान्सरको समयमै उपचार हुन सकेन भने ज्यान पनि जान सक्छ । क्यान्सर लाग्ने कारण भनेको अस्वस्थकर जीवनशैली र अस्वस्थ खाद्य पदार्थको सेवन हो ।

 यस्ता खानेकुरामा ध्यान दिनुहोस्

– सबैभन्दा बढी क्यान्सरको कारक सुर्तीजन्य पदार्थ र अल्कोहल नखाने ।

– तारेको, भुटेको परिकार नखाने ।

– केमिकल हालेको खाद्य पदार्थ, सागसब्जी, फलफूल नखाने ।

– बाहिर प्याकेटमा राखिएका ड्राइफुडहरू खान छाड्ने ।

– खानामा माछा–मासुको सेवन कम गर्ने ।

– गेडागुडीजन्य खानेकुरा सिमी, केराउ, चना बढी खाने ।

– नुन कम भएको खानेकुरा खाने, नुन धेरै खाँदा विभिन्न खालका क्यान्सरको खतरा हुन्छ ।

क्यान्सरबाट बच्न

– जीवनशैली व्यवस्थित बनाउने ।

– दिनहुँ केही सयम शारीरिक व्यायाम गर्ने ।