क्रिकेट

अष्ट्रेलियाविरुद्ध इंग्ल्याण्डको खराब सुरुवात

By खबरहब

December 18, 2021

काठमाडौँ – अष्ट्रेलियाविरुद्धको एसेज सिरिज अन्तर्गत दोस्रो टेस्टको पहिलो पालीमा इंग्ल्याण्डले खराब सुरुवात गरेको छ ।

अष्ट्रेलियाले पहिलो पालीमा ९ विकेट गुमाएर ४७३ रन बनाउँदै पाली अन्त्यको घोषणा गरेपछि इंग्ल्याण्डले पहिलो पाली थालेको थियो । तर सुरुवातमै आफ्ना दुवै ओपनर गुमाएको इंग्ल्याण्डले दोस्रो दिनको खेल सकिदा २ विकेट गुमाएर १७ रन मात्रै बनाएको छ ।

रोरी बन्र्स ४ रन बनाएर आउट हुँदा हसिब हमिद ६ रनमै पेभेलिएन फर्किए । कप्तान जोय रुट र डेभिड मालन नटआउट छन् । अष्ट्रेलियाका मिचेल स्टार्क र मिचेल नेजरले एक एक विकेट लिएका छन् । टस जितेर पहिले ब्याटिङ थालेको अष्ट्रेलियाले मार्नस लाबुसचेङको शतक मद्धतमा ४७३ रन बनाएको थियो । उसका लागि लाबुसचेङले १०३ रन बनाउँदा कप्तान स्टिभ स्मिथले ९३ र ओपनर डेभिड वार्नरले ९४ रन बनाए ।

इंग्ल्याण्डका बेन स्टोक्सले ३ र जेम्स एण्डरसनले २ विकेट लिए । पाँच खेलको एसेज सिरिजमा अष्ट्रेलियाले १–० ले अग्रता लिएको छ ।