समाचार

मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस

By खबरहब

December 18, 2021

काठमाडौँ – आज १८ डिसेम्बर अर्थात् २१ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी आप्रवास दिवस मनाइँदैछ।

पछिल्लो समय नेपालबाट रोजगारीका लागि विदेश जानेको संख्या बढ्दो छ। भारतलगायतका देशबाट रोजगारीका लागि नेपाल आउने क्रम पनि त्यस्तै छ । म्यानमार, बंगलादेश र अफगानिस्तानबाट नेपाल आउने आप्रवासीको संख्या पनि रोकिएको छैन ।

नेपालबाट बिदेसिएका युवाको कारण रेमिट्यान्स बढे पनि असुरक्षित आप्रवासनले धेरै नेपालीको ज्यान गइरहेको छ । आप्रवासनका कारण नेपालमा सामाजिक र मानसिक समस्या बढ्दै गएको सरोकारवालाहरु बताउँछन्।

वैदेशिक रोजगारीलाई कम गर्न धेरै सरकारी तथा गैरसरकारी संस्थाले कार्यक्रम ल्याए पनि आप्रवासनका कारण आर्थिक, सामाजिक, मानसिक र मानवीय क्षतिको न्यूनीकरण भने हुन सकेको छनै ।